बालुवाटारमा प्रचण्डसँग ओलीको भेट

हिमाल प्रेस १२ माघ २०७९ १२:२१ | Thursday, January 26, 2023
बालुवाटारमा प्रचण्डसँग ओलीको भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्ड-ओली छलफल चलिरहेको बताइन्छ। राष्ट्रियसभा निर्वाचन र राष्ट्रपति निर्वाचनका विषयमा छलफल चलिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

बिहीबार मात्रै राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौदीलाई उठाएको छ। तर सत्ता गठबन्धन एक नहुँदा नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवार उठाएको छ।

नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएको छ। गठबन्धन एक बनाउन ओली–प्रचण्डबीच छलफल भइरहेको जनाइएको छ।

प्रकाशित: १२ माघ २०७९ १२:२१ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast