इटहरी- सुनसरी क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साह निश्चित भएको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ७ हजार ३७१ मत प्राप्त गरे।
नेकपा एमालेका जगदीश प्रसाद कुशियैत दोस्रो भए। उक्त क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका कार्की विजयी भएका थिए। दीपक शाह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए। राउतसँगको टकरावले उनले पार्टी छाडे। त्यसलगत्तै रास्वपा प्रवेश गरेका उनी सोही पार्टीबाट विजयी बन्ने निश्चित भएको हो।
प्रकाशित: २४ फागुन २०८२ ७:२८ | Sunday, March 8, 2026
प्रतिक्रिया





