चितवन- चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छन्।
सोविताले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा नेपाली कांग्रेस-नेकपा एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन्। यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो।
गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन्।
गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ।
त्यस्तै कांग्रेसका टेकप्रसाद गुरुङले ८,३४४ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले जम्मा ५०४ मत प्राप्त गरे।
प्रकाशित: २३ फागुन २०८२ १४:४३ | Saturday, March 7, 2026
प्रतिक्रिया





