इटहरी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा बेलुका ४ बजेसम्म १८ लाख १८ हजारभन्दा बढी मत खसेको छ।
प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेकामा करिब ५१ प्रतिशतले मतदान गरेका हुन्।
प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको प्रहरीले जनाएको छ। निर्वाचन आयोगका अनुसार तोकिएको समयसम्म लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन्।
प्रकाशित: २१ फागुन २०८२ १७:३५ | Thursday, March 5, 2026
प्रतिक्रिया





