ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १२ माघ २०७९ ७:३६ | Thursday, January 26, 2023
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा सहिदलखन गाउँपालिका–९ स्थायी बासिन्दा २७ वर्षीया सीता लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगञ्जबाट खटेको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको जनाएको छ ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस–७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे अवस्थामा फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो।

कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनीउपर सो फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

प्रकाशित: १२ माघ २०७९ ७:३६ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast