२ बजेसम्म खस्यो ६२ लाख मत

हिमाल प्रेस २१ फागुन २०८२ १५:१२ | Thursday, March 5, 2026
22
SHARES
२ बजेसम्म खस्यो ६२ लाख मत

काठमाडौँ- बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाख मत खसेको छ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ४७ प्रतिशत मत खसेको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ।

देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ।

अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ। मतदान जारी छ।

निर्वाचन आयोगले देशभर उत्साहपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ।

प्रकाशित: २१ फागुन २०८२ १५:१२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast