सुर्खेत- सुर्खेतमा निर्वाचन सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। अनुमतिबिना चलाइएका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मतदान जारी रहेकाले सुरक्षालाई मध्यनजर गर्दै अनुमतिबिना चलाइएका सवारी साधनहरु नियन्त्रणमा लिने काम भइरहेको सुर्खेत प्रहरीले जनाएको छ। अहिलेसम्म मोटरसाइकल ४३ र ७ वटा गाडीहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए।
प्रकाशित: २१ फागुन २०८२ १४:४१ | Thursday, March 5, 2026
प्रतिक्रिया





