काठमाडौँ- बिहान ११ बजेसम्म देशभर कुल १०.१८ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत खसेको छ जुन कुल मतदाताको १०.१८ प्रतिशत हो।
आयोगका अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन्।
देशभरका मतदान केन्द्रहरूमा अहिले मतदान प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित: २१ फागुन २०८२ १२:३३ | Thursday, March 5, 2026
प्रतिक्रिया





