काठमाडौँमा १०५ वर्षीय खड्काले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १०:०६ | Thursday, March 5, 2026
10
SHARES
काठमाडौँमा १०५ वर्षीय खड्काले गरे मतदान

काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रूपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन्।

मतदानपछि प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुसी लागेको बताए।

उनले भने,‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ।’

खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताइन्।

मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनीप्रति सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए।

प्रकाशित: २१ फागुन २०८२ १०:०६ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast