तराईमा हुस्सुका कारण जनजीवन कष्टकर, सावधानी अपनाउन आग्रह

हिमाल प्रेस १२ माघ २०७९ ७:००
2
SHARE
तराईमा हुस्सुका कारण जनजीवन कष्टकर, सावधानी अपनाउन आग्रह

काठमाडौँ- हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु अनुरोध गरिन्छ।

प्रकाशित: १२ माघ २०७९ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =