यातायातका हाकिमलाई नेकपा बहुमतका कार्यकर्ताले दले कालोमोसो

हिमाल प्रेस ११ माघ २०७९ १९:४१ | Wednesday, January 25, 2023
यातायातका हाकिमलाई नेकपा बहुमतका कार्यकर्ताले दले कालोमोसो

काठमाडौँ- यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन्। आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोपमा लुइँटेललाई कार्यकक्षमा पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

कार्यकक्षमा बसिरहेका वेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपीलाई फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको मोसो दल्नेको पहिचान भएर खोजी भइरहेको उनले जानकारी दिए। मोसो दल्नेका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र जसरी खोजेर कारबाही गरिने एसपी अधिकारीले बताए।

प्रकाशित: ११ माघ २०७९ १९:४१ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast