निर्वाचनका कारण पोखरामा भएनन् होलीका औपचारिक कार्यक्रम

हिमाल प्रेस १८ फागुन २०८२ १७:३४ | Monday, March 2, 2026
12
SHARES
निर्वाचनका कारण पोखरामा भएनन् होलीका औपचारिक कार्यक्रम फाइल तस्बिर

पोखरा- बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रूपमा नभई घरघरभित्रै होली मनाइएको छ।

विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न संघसंस्थाको आयोजनामा सामूहिक रूपमा होली मनाउने गरिएको थियो।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रूपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो।

प्रशासनको सूचनालाई पालना गरिएका कारण जिल्लामा आज होलीका कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न कास्की प्रशासनले आजदेखि अर्को निर्णय नभएसम्मका लागि बेलुका राति ९:०० बजेसम्म मात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने गरी सूचना जारी गरेको छ।

प्रकाशित: १८ फागुन २०८२ १७:३४ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast