काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल पार्टीले पर्वतमा चुनावी गठबन्धन गरेका छन्। शुक्रबार दुवै पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गठबन्धन गर्ने सहमति गरेका हुन्।
सहमतिअनुसार समानुपातिकमा प्रलोपाको आँखा चुनाव चिह्वमा मतदान गर्ने र प्रत्यक्षतर्फ उज्यालो पार्टीको चिम चुनाव चिह्वमा मतदान गर्ने भनिएको छ।
यस्तै सहमतिपश्चात संयुक्त रूपमा प्रचारप्रसारमा सहभागी हुन पनि कार्यकर्तालाई आह्वान गरिएको छ। सहमतिपत्रमा प्रलोपाबाट पर्वत जिल्ला इन्चार्ज सुनिल पौडेल र उज्यालो पार्टीकातर्फबाट उम्मेदवार यमबहादुर चोचांङी पुनले हस्ताक्षर गरेका छन्।
उज्यालो पार्टीबाट पर्वतमा यमबहादुर नै उम्मेदवार छन्।
प्रकाशित: १७ फागुन २०८२ ११:२५ | Sunday, March 1, 2026
प्रतिक्रिया





