चुनावमा धाँधली स्वीकार्य हुँदैन : ओली

हिमाल प्रेस १५ फागुन २०८२ १५:०३ | Friday, February 27, 2026
20
SHARES
चुनावमा धाँधली स्वीकार्य हुँदैन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

उनले प्रचारप्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकलाप भए त्यसलाई रोक्नुपर्ने बताए। ओलीले असंवैधानिक तरिकाले नभई लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे।

उनले मुलुकमा भइरहेको संसद् भंग गरेर आगो लगाउने र अलोकतान्त्रिक बाटो हिँड्न खोज्नेहरूको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशंका व्यक्त गरे।

जे–जस्तो अवस्थामा भए पनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उनको भनाइ छ।

उनले राज्य संयन्त्रले निष्पक्ष र तटस्थ रहेर शान्तिपूर्ण ढंगले सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रकाशित: १५ फागुन २०८२ १५:०३ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast