मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै

हिमाल प्रेस १५ फागुन २०८२ १३:०६ | Friday, February 27, 2026
24
SHARES
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै

काठमाडौँ- यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

निर्वाचन आयोगले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त संख्यामा कर्मचारी खटाउने भएको हो।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ।

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

प्रकाशित: १५ फागुन २०८२ १३:०६ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast