जनार्दन शर्मा : नयाँ दल, चुनाव जित्ने के छन् आधार

हिमाल प्रेस १४ फागुन २०८२ १५:२६ | Thursday, February 26, 2026
12
SHARES
जनार्दन शर्मा : नयाँ दल, चुनाव जित्ने के छन् आधार

काठमाडौँ- जनार्दन शर्मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवार बनेपछि निरन्तर घरदैलो अभियानमा छन्। नेकपा माओवादी (केन्द्र) बाट अलग भई उनले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी बाट यसपटक प्रतिस्पर्धा गर्दैछन्।

उम्मेदवारी दर्तायता निर्वाचन क्षेत्रमै केन्द्रित रहेका शर्माले अझै केही वडा र गाउँ पुग्न बाँकी रहेको बताए। घरदैलोका क्रममा जनताका समस्या र अपेक्षा नजिकबाट बुझ्ने अवसर मिलेको उनको भनाइ छ।

माओवादी विघटनपछि नयाँ पहिचानका साथ चुनावी मैदानमा उत्रिएका शर्माले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र शुद्धीकरणको प्रस्ताव अस्वीकार गरिएकै कारण अलग बाटो रोजेको दाबी गरे। उनले पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विघटनतर्फ लगेको आरोप लगाए।

चुनावी एजेन्डाबारे उनले सुशासन र विकासलाई प्राथमिकतामा राखेको बताए। सडक स्तरोन्नति, खानेपानी विस्तार, ‘उज्यालो रुकुम’ कार्यक्रमको निरन्तरता, शिक्षा, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, आईटी केन्द्र स्थापना र गरिबी अन्त्य मुख्य प्रतिबद्धता रहेको उनले उल्लेख गरे।

रुकुम पश्चिममा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। शर्माले भने जनतासँगको पुरानो सम्बन्ध र राजनीतिक आधारकै बलमा आफू अगाडि रहने दाबी गरेका छन्।

जनार्दनले सार्वजनिक गरे रुकुम विकासको खाका

प्रकाशित: १४ फागुन २०८२ १५:२६ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast