प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १४ फागुन २०८२ ११:०१ | Thursday, February 26, 2026
14
SHARES
प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ-  सुनको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ फागुन २०८२ ११:०१ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast