दर्शकको मन जित्दै ‘पठान’

हिमाल प्रेस ११ माघ २०७९ १४:४२ | Wednesday, January 25, 2023

काठमाडौँ- बलिउड अभिनेता शाहरुख खान अभिनीत बहुप्रतीक्षित फिल्म ‘पठान’ आज प्रदर्शनमा आएको छ। यस फिल्मबाट शाहरुख चार वर्षपछि ठूलो पर्दामा फर्किदैछन्।

फिल्मले अग्रिम बुकिङमा कीर्तिमान कायम गरेको छ। दर्शक उत्साहित छन्। फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरिसकेपछि दर्शकले ट्वीटरमा फिल्मबारे प्रतिक्रिया दिइरहेका छन्। फिल्म ब्लकबस्टर हुने बताइरहेका छन्।

फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन्। फिल्मले लामो समयदेखि विवाद खेप्दै आएको थियो। ‘बेशर्म रङ’ गीतका कारण फिल्म विवादमा परेको थियो। गीतमा दीपिकाले लगाएको पहिरनको रङका कारण फिल्म विवादमा तानियो।

फिल्मविरुद्ध भारतमा विभिन्न ठाउँमा प्रदर्शन पनि भएका थिए। बजरंग दल र विश्व हिन्दू परिषद्का सदस्यले सिनेमा हलका सञ्चालकहरूलाई फिल्म प्रदर्शन नगर्ने धम्कीसमेत दिएका थिए। अन्ततः फिल्म प्रदर्शनमा आएको छ।

भारतसहित संसारभरिका ७७०० स्क्रिनमा पठान रिलिज भएको भारतीय फिल्म समीक्षक तरण आदर्शले ट्वीट गरेका छन्। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म हिन्दीसँगै तमिल, तेलुगु, भाषामा पनि प्रदर्शनमा आएको छ।

प्रकाशित: ११ माघ २०७९ १४:४२ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast