काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला १३० ले वृद्धि भएको महासंघले जनाएको छ।
बुधबार सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम ४ हजार ९ सयमा कारोबार भइरहेको छ।
प्रकाशित: १३ फागुन २०८२ ११:०९ | Wednesday, February 25, 2026
प्रतिक्रिया





