रिहा गर्न आदेश आउँदा पनि किन छुटेनन् दुर्गा प्रसाई?

हिमाल प्रेस १३ फागुन २०८२ ६:३८ | Wednesday, February 25, 2026
6
SHARES
रिहा गर्न आदेश आउँदा पनि किन छुटेनन् दुर्गा प्रसाई?

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई मंगलबार छुटेनन्। प्रसाईलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपनि ‘प्रक्रिया पूरा गर्नुपर्ने’ भन्दै काठमाडौँ प्रहरीले उनलाई रिहा नगर्ने निर्णय गरेको हो।

सरकारी वकिल कार्यालयसँग सहमति लिएर उनलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ को व्यवस्था अनुसार प्रसाईलाई रिहा गर्न सरकारी वकिलसँग सहमति लिनुपर्ने भन्दै प्रहरीले आज कार्यालय समय सकिएको कारण देखाएर उनलाई हिरासतमा नै राख्ने निर्णय गरेको छ।

प्रसाई लाई फागुन ४ मा पक्राउ गरेर प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोज कुमार शर्मा र मेघराज पोखरेलले उनलाई छाड्न आदेश गरेका थिए ।

प्रसाईलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

प्रकाशित: १३ फागुन २०८२ ६:३८ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast