नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आज (मंगलबार) आयोजित कार्यक्रममा उनले पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे। उनले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पारे।
संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्छ भनेर नेकपाले लड्दै आएको बताए। नेकपाको गठनपछि क्रान्तिकारी र वामपन्थी शक्तिको ध्रुवीकरण सुरु भइसकेको जनाउँदै उनले अब छिट्टै सम्पूर्ण वामपन्थी एकठाउँमै हुने दाबी गरे।
प्रकाशित: १२ फागुन २०८२ १८:२३ | Tuesday, February 24, 2026
प्रतिक्रिया





