निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

हिमाल प्रेस १२ फागुन २०८२ १५:४५ | Tuesday, February 24, 2026
16
SHARES
निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

काठमाडौँ- सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको तयारी, मतदान र मतदानपछिको व्यवस्थापनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले निर्वाचनलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सरकारलाई सार्वजनिक बिदाका लागि सिफारिस गरेको थियो।

सरकारको यो निर्णयसँगै निर्वाचनका दिन मात्र नभई मतदानको अघिल्लो र पछिल्लो दिन पनि सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।

प्रकाशित: १२ फागुन २०८२ १५:४५ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast