ईसीडी शिक्षक सहायक मतदान अधिकृत

हिमाल प्रेस १० फागुन २०८२ १२:३५ | Sunday, February 22, 2026
1.7k
SHARES
ईसीडी शिक्षक सहायक मतदान अधिकृत

काठमाडौँ- जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाईसमेत जिम्मेवारी दिएको छ।

जनज्योति माध्यमिक विद्यालयकी बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ज्ञानु भुसाललाई सहायक मतदान अधिकृतको रूपमा खटाइएको कार्यालयले जनाएको छ।

सहायक मतदान अधिकृतको जिम्मेवारी दिइनुले ईसीडी शिक्षकहरूका लागि नयाँ अवसर सिर्जना भएको प्रतिक्रिया आएको छ।सरकारले ईसीडी शिक्षकहरूलाई मतदाता शिक्षा कार्यक्रमका लागि पनि परिचालन गर्दै आएको छ।

लामो समयदेखि ईसीडी शिक्षकहरूले बालविकास शिक्षालाई विद्यालय संरचनाभित्र समायोजन नगरेको तथा आफूहरूलाई स्थायी संरचनामा नराखिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। यद्यपि निर्वाचनमा जिम्मेवारी पाउनु सकारात्मक संकेतका रूपमा लिइएको उनीहरूको भनाइ छ।

निर्वाचन यही फागुन २१ गते देशभर एकै चरणमा हुँदैछ। निर्वाचनलाई निष्पक्ष, व्यवस्थित र मर्यादित बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १० फागुन २०८२ १२:३५ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast