भालुको आक्रमणबाट गम्भीर घाइते

हिमाल प्रेस ११ माघ २०७९ ८:१३ | Wednesday, January 25, 2023
भालुको आक्रमणबाट गम्भीर घाइते

पाल्पा- घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन्। घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहेका छन्।

घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मंगलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका विकलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको आफन्त शुक्र विकले जानकारी दिए।

प्रकाशित: ११ माघ २०७९ ८:१३ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast