आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

हिमाल प्रेस ११ माघ २०७९ ७:०४ | Wednesday, January 25, 2023
आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।

आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

प्रकाशित: ११ माघ २०७९ ७:०४ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast