दुर्गा प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ५ फागुन २०८२ १८:०३ | Tuesday, February 17, 2026
8
SHARES
दुर्गा प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार पार्टी उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँलाई रिहा गर्न ध्यानाकर्षण गराएको हो।

मौलिक अधिकारको प्रयोग गर्दा पटकपटक पक्राउ गर्ने काम उचित नभएको र यसले निर्वाचनमा नै असर पर्ने भएकाले रिहा गर्न माग गर्दै ध्यानाकर्षण गराइएको राप्रपाका नेता निरञ्जन थापाले बताए।

राप्रपाका नेताहरुसँगको भेटमा गृहमन्त्री अर्यालले निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरिएको जानकारी दिएका थिए।

प्रकाशित: ५ फागुन २०८२ १८:०३ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast