गण्डकीमा टुंगियो मन्त्रालयको कार्यविभाजन, आजै शपथ तयारी

हिमाल प्रेस १० माघ २०७९ १८:२३ | Tuesday, January 24, 2023
गण्डकीमा टुंगियो मन्त्रालयको कार्यविभाजन, आजै शपथ तयारी मुख्यमन्त्री कार्यालय गण्डकी

पोखरा– गण्डकी प्रदेशमा मन्त्रीको भागबण्डा टुंगिएको छ। ७ सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले ४, माओवादी केन्द्र २ र राप्रपाले १ मन्त्री पाउने गरी कार्यविभाजन भएको छ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन्।

सुन्दास सरकारका प्रवक्तासमेत हुन्। एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन्। माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्।

राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन्। उनीहरुको आज साँझ नै सपथ कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १८:२३ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast