उद्योग मन्त्रालय पाएमात्रै सरकारमा जाने डा. सीके राउतको अडान

हिमाल प्रेस १० माघ २०७९ १७:५७ | Tuesday, January 24, 2023
उद्योग मन्त्रालय पाएमात्रै सरकारमा जाने डा. सीके राउतको अडान फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने बताएका छन्। उनले सो मन्त्रालयबाट मात्रै पार्टीको एजेन्डा कार्यान्वयन गर्न सहज हुने बताएका हुन्।

संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा राउतले भने, ‘सहमतिअनुसार मन्त्रालय पाउनुपर्छ। उद्योग मन्त्रालय पाएमा हाम्रो एजेन्डा कार्यान्वयन गर्न सहज हुन्छ।’

उनले आफ्नो दल काम गर्नका लागि सरकारमा जान खोजेको भनाइ पनि राखे।  राउतले भने, ‘हामीलाई उद्योग मन्त्रालय दिने औपचारिक जानकारी छैन। हामी आशा गर्छौँ कि अर्को मन्त्रिपरिषद् बैठकबाट यो कुरा टुंगिन्छ।’

प्रकाशित: १० माघ २०७९ १७:५७ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast