‘कुमारी’ र ‘रमिताको पिरती’ ले ९ दिनमा कति कमायो?

हिमाल प्रेस ४ फागुन २०८२ १३:२१ | Monday, February 16, 2026
14
SHARES
‘कुमारी’ र ‘रमिताको पिरती’ ले ९ दिनमा कति कमायो?

काठमाडौँ- प्रेम कथा र ब्रेक अपको कथामा बनेको दुई फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ माघ २३ देखि हलमा प्रदर्शनरत छ। हलमा न्युन सो सहित चलिरहेको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

यसैबीच फागुन २ गते शनिबारसम्म हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ‘कुमारी’ले ५६ लाख २ सय ११ रुपैयाँ कलेक्सन गरेको छ। त्यस्तै फिल्मको फिल्मको १७ सय २५ वटा टिकट बिक्री भएको छ।

दिनेश राउतले निर्देशन गरेको ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखिनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५सय ८८ रुपैयाँ कलेक्सन गरेको छ। जसअनुसार फिल्मको ५ हजार ८ सय ३७ वटा टिकट बिक्री भएको छ।

‘रमिताको पिरती’ मा रमिता पात्रको प्रेमपछिको बिछोडको कथा प्रस्तुत गरिएको छ। सुदिप्ताको निर्देशन बनेको फिल्ममा आना शर्मा मुख्य भूमिकामा छिन्। उनीसँगै फिल्ममा विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ, रेनु योगीलगायतले अभिनय गरेका छन्।

प्रकाशित: ४ फागुन २०८२ १३:२१ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast