‘बंगलादेशजस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ व्यक्तिहरू थोरै सिटमा समेटिन्छन्’

हिमाल प्रेस ३ फागुन २०८२ १५:१६ | Sunday, February 15, 2026
12
SHARES
‘बंगलादेशजस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ व्यक्तिहरू थोरै सिटमा समेटिन्छन्’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन्।

आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन्।

ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ भएका व्यक्तिहरू थोरै सिटमा समेटिने जिकिर गरे। आसन्न निर्वाचनका लागि आफू सबै मतदाताको घरघरमा पुग्ने प्रयास गर्ने उनले बताए।

झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचन केन्द्रित कार्यक्रमका लागि झापा पुगेका छन्।

प्रकाशित: ३ फागुन २०८२ १५:१६ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast