नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गए पनि आफ्नो पक्षमा अझै पनि सोचेजस्तो माहोल बन्न नसकेको बताएका छन्।
नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गए पनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन्।
वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए।
प्रकाशित: २७ माघ २०८२ १४:४७ | Tuesday, February 10, 2026
प्रतिक्रिया



