‘आ बाट आमा’ ले नौ दिनमा कमायाे ४ करोड ८० लाख

हिमाल प्रेस २६ माघ २०८२ १३:४९ | Monday, February 9, 2026
14
SHARES
‘आ बाट आमा’ ले नौ दिनमा कमायाे ४ करोड ८० लाख

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ ले प्रदर्शनको ९ दिनमा करिब ५ करोडको व्यापार गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको माघ २४ सम्मको बक्स अफिस कलेक्सनअनुसार फिल्मले उक्त कमाइ गरेको हो।

विवरण अनुसार फिल्मले ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ कमाएको छ। फिल्मकाे १ लाख ७६ हजार ५ सय ५२ वटा टिकट बिक्री भएकाे विवरणमा उल्लेख छ।

फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापा र शान अधिकारीले अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

प्रकाशित: २६ माघ २०८२ १३:४९ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast