सच्चिएर अघि बढेको कांग्रेस देश बदल्ने अभियानमा छ : गगन थापा

हिमाल प्रेस २४ माघ २०८२ १८:१६ | Saturday, February 7, 2026
14
SHARES
सच्चिएर अघि बढेको कांग्रेस देश बदल्ने अभियानमा छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्न अभियानमा रहको बताएका हुन्। उनले अहिलेको अवस्थामा सवैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन गरेपछि कांग्रेस भएको उल्लेख गरे।

सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पु¥याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए।

सभापति थापाले अधिवेशनपछि अब पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।

देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे।

प्रकाशित: २४ माघ २०८२ १८:१६ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast