भयरहित र निर्भीक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन : एमाले

हिमाल प्रेस २१ माघ २०८२ १४:५७ | Wednesday, February 4, 2026
10
SHARES
भयरहित र निर्भीक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन : एमाले

काठमाडौँ- नेकपा एमालेले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाको विषयलाई गम्भीरताकासाथ नियालिरहेको जनाएको छ। पार्टीका आम निर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार नभएको बताएका छन्।

‘भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन। प्रत्येक मताधिकार प्राप्त नेपाली नागरिकले स्वतन्त्र भयरहित र निर्भिकतापूर्वक मतदान गर्न पाउने वातावरण निर्माण गर्ने प्रथम दायित्व सरकारको हो। प्रत्येक मतदाताले मतपेटीकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकिरहेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन,’ विज्ञप्तिमा भनिएको छ।

देशका विभिन्न जेल तथा सुधारगृहबाट भागेका कैदीबन्दीहरू अझै फरार रहेको बताउँदै उनले निर्वाचन सुरक्षालाई सरकारले गम्भीरतापूर्वक नलिएको दाबी गरे।

त्यसैगरी, एमालेले सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारको दुरुपयोगप्रति पनि गम्भीर आपत्ति जनाएको छ।  कलाकारहरूमार्फत भ्रम सिर्जना गर्ने, उम्मेदवार वा पार्टी नेतृत्वमाथि आक्रमण गर्ने गतिविधि भइरहेको उल्लेख गरिएको छ।

एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गालीगलौज र असभ्य अभिव्यक्तिको पनि कडा निन्दा गरेको छ।

निर्वाचन आचारसंहिताको प्रभावकारिता र राष्ट्रिय एकता, शान्ति सुरक्षा र कानुन उल्लंघनका घटनाप्रति सम्बन्धित पक्षलाई सजग रहन पनि एमालेले अनुरोध गरेको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित: २१ माघ २०८२ १४:५७ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast