गोही प्रजननमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडियो

हिमाल प्रेस २० माघ २०८२ १२:५४ | Tuesday, February 3, 2026
12
SHARES
गोही प्रजननमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडियो प्रतिनिधिमूलक तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ। पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो।

ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । यस पटक छोडिएका गोही सबै पोथी रहेको उनले जानकारी दिए।

उनका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ। केन्द्रमा नदी किनारबाट संकलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चालाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ। अहिले केन्द्रमा ६३० गोही रहेका छन्।

प्रकाशित: २० माघ २०८२ १२:५४ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast