कति छ आज कालिमाटीमा तरकारीको न्युनतम मूल्य?

हिमाल प्रेस २० माघ २०८२ ९:५० | Tuesday, February 3, 2026
10
SHARES
कति छ आज कालिमाटीमा तरकारीको न्युनतम मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ४६, रातो आलु २६, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ३९, लोकल बन्दा ५७, स्थानीय काउली ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

करेला १७०, लौका ६२, डल्ले फर्सी २२, पाकेको फर्सी ५०, भिन्डी ११०, कन्य च्याउ ८५, डल्ले च्याउ ३४५, सिताके च्याउ ९००, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ४५, रातो आलु २५, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ३९, लोकल बन्दा ६०, स्थानीय काउली ५०, लाम्चो भन्टा ४७, डल्ले भन्टा ५३ रुपैयाँ प्रतिकिलो थियो।

करेला १७०, लौका ६२, डल्ले फर्सी २१, पाकेको फर्सी ४५, भिन्डी ११०, कन्य च्याउ ८५, डल्ले च्याउ ३४५, सिताके च्याउ ९००, ब्रोकाउली ४३ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २० माघ २०८२ ९:५० | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast