काठमाडौँ- उज्यालो नेपाल पार्टीको युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनाली नियुक्त भएका छन्। सुनापती गाउँपालिका–४ रामेछापका सामाजिक अभियन्ता मैनालीलाई उज्यालो नेपालले उक्त जिम्मेवारी दिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर मैनाली सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् । ‘तपाईंको समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक र राजनीतिक कार्यमार्फत पुर्याउँदै आउनुभएको योगदानको कदर गर्दै उच्च सम्मानका साथ उज्यालो नेपाल पार्टीको विधान, २०८२ को दफा ३० ९२० अनुसार काठमाडौँ। उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी विभाग संयोजकका रूपमा मनोनयन गर्ने निर्णय गरिएको छ।’
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको हस्ताक्षर अंकित पत्रमा लेखिएको छ। मैनाली रेडक्रस सोसाइटी, नेपाल स्काउट, होटल तथा पर्यटन व्यवसाय संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघलगायत विभिन्न संघसंस्थामा आबद्ध छन्।
सुनापति गाउँपालिका रेडक्रस सोसाइटीका सचिव र नेपाल स्काउट सुनापती गाउँपालिकाका प्रमुख आयुक्त, एड्भान्स लिडर तथा प्रदेश स्काउट विपद् व्यवस्थापनको मूल कमिटी सदस्यमा पनि हुन्। कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीमा २०८२ मंसिरदेखि उनी सक्रिय छन्, नयाँ जिम्मेवारीपछि संगठन निर्माणमा उनी सक्रिय छन् ।



