काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस छ।
हिजो (सोमबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। तर बिहान ८:४५ बजे आधिकारिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम सोमबार ५।७ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २० माघ २०८२ ६:३२ | Tuesday, February 3, 2026
प्रतिक्रिया



