लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परे बविलाल, कम्बोडिया लैजाने भन्दै रकम लगेको आरोप

हिमाल प्रेस १९ माघ २०८२ १३:३४ | Monday, February 2, 2026
10
SHARES
लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परे बविलाल, कम्बोडिया लैजाने भन्दै रकम लगेको आरोप प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै  चार लाख ३५ हजार रकम लिई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

उनलाई काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित: १९ माघ २०८२ १३:३४ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast