एमाले नेतृ झा कांग्रेस प्रवेश

हिमाल प्रेस १८ माघ २०८२ १५:२८
48
SHARES
एमाले नेतृ झा कांग्रेस प्रवेश

काठमाडौँ- नेकपा एमाले नेतृ एवं जनकपुरधाम उपमहानगरपालिका उपमेयरकी प्रत्याशी रुना झा नेपाली कांग्रेस प्रवेश गरेकी छन्। आइतबार जनकपुरधामको मिल्स एरियास्थित कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेकी हुन्।

झालाई नेता निधिले पार्टीमा स्वागत गरेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा झा कांग्रेस परित्याग गरेर एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा प्रतिस्पर्धा गरेकी थिइन्।

उनले १० हजार ८८५ मत प्राप्त गरेकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित कांग्रेस उम्मेदवार किशोरी साहले १५ हजार ५२५ मत ल्याएका थिए।

झालाई पार्टी प्रवेश गराउँदै निधिले समान भावका साथ व्यवहार गर्न कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। उनले चुनावमा मात्रै नभएर भविष्यमा पनि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा झाले आफूले पार्टी परित्याग गरे पनि नेता निधिसँग निरन्तर संवादमा रहेको बताइन्। घरमा फर्किन पाउँदा आफूलाई ज्यादै खुसी लागेको उनले उल्लेख गरिन्। झाले लोकतन्त्र बचाउन नेपाली कांग्रेसले नै भूमिका खेल्न सक्ने बताइन्।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका प्रदेश सांसद रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह, कांग्रेस जिल्ला सभापति योगी पंजियार, कांग्रेस प्रदेश समिति सदस्य जीवनाथ चौधरी, क्षेत्र नम्बर ३ (ख) का सभापति रामचन्द्र पंजियारलगायतका नेताहरूको उपस्थिति थियो।

प्रकाशित: १८ माघ २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast