इटहरीमा स्वरूप परिवर्तन गरिएका १० मोटरसाइकल नियन्त्रणमा

हिमाल प्रेस १६ माघ २०८२ १८:१२
22
SHARES
इटहरीमा स्वरूप परिवर्तन गरिएका १० मोटरसाइकल नियन्त्रणमा

इटहरी- सार्वजनिक शान्ति, स्वास्थ्य र सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने ध्वनि प्रदूषण नियन्त्रणका लागि ट्राफिक प्रहरीले इटहरी क्षेत्रमा कडाइ थालेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै अवैध रूपमा स्वरूप परिवर्तन गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

पूर्व-पश्चिम लोकमार्ग (एशियन हाइवे), कोशी राजमार्ग तथा इटहरी उपमहानगरपालिकाभित्र गरिएको चेकिङका क्रममा अत्यधिक आवाज निकाल्ने गरी साइलेन्सर परिमार्जन गरिएका रोयल इन्फिल्डका ९ थान र पल्सर एनएसको १ थान मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन विपरीत सवारी साधनको स्वरूप परिवर्तन गरी सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा गम्भीर असर पर्ने भएकाले कारबाही गरिएको हो। नियन्त्रणमा लिइएका सबै मोटरसाइकलमा गरिएको अवैध परिवर्तन हटाइ मूल स्वरूपमा फर्काउन लगाइएको छ।

कानुनअनुसार आवश्यक ट्राफिक कारबाही गरी चालकहरूलाई अभिभावकको उपस्थितिमा जिम्मा लगाइएको कार्यालयले जनाएको छ। पछिल्लो समय युवा समूहमा ‘लाउड साउन्ड’ निकाल्ने प्रवृत्ति बढ्दै गएको र यसले सडक अनुशासन कमजोर बनाउँदै लगेको निष्कर्षसहित ट्राफिक प्रहरीले निगरानी अझ कडा बनाइने जनाएको छ।

प्रहरीले ध्वनि प्रदूषण, ओभरस्पिड, स्वरूप परिवर्तन तथा नियम उल्लंघन गर्ने सवारी साधनविरुद्ध नियमित र आकस्मिक चेकिङ अभियान निरन्तर सञ्चालन गरिने जनाइएको छ।

प्रकाशित: १६ माघ २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast