मुग्लिन-नारायणगढ सडकखण्डमा अनियन्त्रित भए बस पल्टियो, ३८ जना घाइते

हिमाल प्रेस १६ माघ २०८२ ८:४५ | Friday, January 30, 2026
18
SHARES
मुग्लिन-नारायणगढ सडकखण्डमा अनियन्त्रित भए बस पल्टियो, ३८ जना घाइते

काठमाडौँ- चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस अनियन्त्रित भएर पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर, चितवनका अनुसार दाङबाट काठमाडौँतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा भरतपुर महानगरपालिका-२९ स्थित घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको हो।

शुक्रबार बिहान कार्यालयले बस अनियन्त्रित भई दुर्घटना भएको हिमालप्रेसलाई जानकारी दिएको हो। दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १६ माघ २०८२ ८:४५ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast