वामपन्थीहरूलाई सिध्याउने योजना बनिरहेको छ : सापकोटा

हिमाल प्रेस १५ माघ २०८२ १६:०५ | Thursday, January 29, 2026
14
SHARES
वामपन्थीहरूलाई सिध्याउने योजना बनिरहेको छ : सापकोटा

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका कुरालाई थाति राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहे पनि त्यसलाई थाति राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन्।

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए। नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिध्याउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे। उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावाद एकदिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे।

सापकोटाले कम्युनिस्ट दलहरुप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताए।

प्रकाशित: १५ माघ २०८२ १६:०५ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast