मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

हिमाल प्रेस १५ माघ २०८२ १५:४८ | Thursday, January 29, 2026
18
SHARES
मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ- मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले दलित तथा सीमान्तकृत समुदायले मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारको गत मंसिर १६ गतेको निर्णयअनुसार आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।

मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ माघ पूर्णिमा का दिन रविदास जयन्ती मनाउने गर्दछन्।

प्रकाशित: १५ माघ २०८२ १५:४८ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast