काठमाडौँ- केहीदिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) बिहीबार सुदूरपश्चिमका तीन जिल्ला पुग्दैछन्।
उनको सचिवालयले उपलब्ध गराएको तालिका अनुसार बालेन बिहान ७:३० बजे बझाङ हुनेछन्। त्यसपछि बिहान ११:३० बजे बाजुरा पुग्ने कार्यक्रम रहेको छ । बाजुरापछि बालेन दिउँसो १२:१५ बजे अछामको साँफेबगर पुग्नेछन्। दिउँसो २:१५ बजे अछामकै मंगलसेन पुग्ने कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ।
अछाम २ मा बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदाका स्वकीय सचिव भूपदेव शाह प्रतिनिधिसभाको उम्मेदवार छन्। बालेन बुधबार डडेल्धुरा, दार्चुला लगायतका जिल्ला पुगेका छन्। झापा ५ बाट उम्मेदवारी दिएका बालेन केही दिन यता सुदूरपश्चिम भ्रमणमा छन्।
प्रकाशित: १५ माघ २०८२ ६:५६
प्रतिक्रिया



