काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन्।
सांसदहरुको डेलिगेसन बिहीबार बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
विघटित प्रतिनिधिसभाका कांग्रेसका ६० भन्दा बढी सांसदहरूले पुनः स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गदै सर्वोच्चले दुवै पक्षलाई बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको थियो।
प्रकाशित: १४ माघ २०८२ २०:१०
प्रतिक्रिया



