कर्णाली सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

हिमाल प्रेस ९ माघ २०७९ १०:५९ | Monday, January 23, 2023
कर्णाली सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको सिटको बाँडफाँट टुंगो  लागिसकेका पनि  केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।

‘अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ’, उनले भने, ‘सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन। मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ।’

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए। मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे।

कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुंग्याउने बताए।

प्रकाशित: ९ माघ २०७९ १०:५९ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast