मुगु जिप दुर्घटना : श्रीमान-श्रीमतीसहित ३ जनाको निधन

हिमाल प्रेस १ मंसिर २०८३ ८:१३ | Monday, November 16, 2026
मुगु जिप दुर्घटना : श्रीमान-श्रीमतीसहित ३ जनाको निधन

काठमाडौँ- मुगुमा भएको जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको मुगुका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

गम्भीर अवस्थाका तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्‍याउनासाथ चेकजाँचपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी जिप ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय जिप चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अन्जु थापा घाइते छन्।

उनीहरु श्रीमान-श्रीमती हुन्। दुबै जनाको अवस्था मध्य रहेको तथा जिल्ला अस्पताल मुगुमा उपचार भइ रहेको डिएसपी थपलियाले बताए। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप आइतबार साँझ पौने ५ बजेतिर छायानाथ रारा नगरपालिकाको – ७ टोप्लाथित रारा कच्ची सडकबाट करिब ६ सय मिटर मुनी खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुगुको रारा तालको अवलोकनका लागि गएका उनीहरु राराताल पुग्न जम्मा ४ किलोमिटर जति मात्रै बाँकी छँदा दुर्घटनामा परेको डीएसपी थपलियाले बताए । दुर्घटनास्थलको प्रकृति नियाल्दा सडक भासिएर दुर्घटना परेको हुनसक्ने डिएसपी थपलियाले बताए।

दुर्घटना बारे अनुन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ ८:१३ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast