अमेरिकामा हिमआँधी, सात जनाको मृत्यु

हिमाल प्रेस १२ माघ २०८२ २०:०९ | Monday, January 26, 2026
18
SHARES
अमेरिकामा हिमआँधी, सात जनाको मृत्यु

काठमाडौँ- अमेरिकामा आएको हिमआँधीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने लाखौँ घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ।

आँधीका कारण अमेरिकाको धेरै भागमा वर्षा, हिउँ र असिना ल्याएको छ। राष्ट्रिय मौसमसम्बन्धी निकायले दक्षिणमा टेक्ससदेखि उत्तर–पूर्वमा न्यू इंग्ल्यान्डसम्म चेतावनी जारी गरेको छ।

हिमआँधीका कारण सोमबार बिहान आठ लाखभन्दा बढी घरहरू विद्युती आपूर्ति ठप्प भएको बीबीसीले जनाएको छ। देशभरका विद्यालयहरू बन्द गरिएका छन् र हजारौँ उडानहरू पनि रद्द गरिएका छन्। अत्यधिक चिसोका कारण अमेरिकाका धेरै राज्यहरूले संकटकाल घोषणा गरेका छन्।

अलाबामा, कनेक्टिकट, डीसी, डेलावेयर, जोर्जिया, इन्डियाना, केन्सास, केन्टकी, लुइसियाना, मेरिल्यान्ड र मिसिसिपी राज्यले संकटकाल घोषणा गरेका छन्।

त्यस्तै मिसौरी, नेब्रास्का, न्यु जर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, ओहायो, पेन्सिलभेनिया, साउथ क्यारोलिना, टेनेसी, टेक्सस, भर्जिनिया र वेस्ट भर्जिनियाले पनि संकटकाल घोषणा गरेका छन्।

प्रकाशित: १२ माघ २०८२ २०:०९ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast