ओलीलाई सुदन गुरुङको जबाफ : गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको

हिमाल प्रेस १२ माघ २०८२ ८:४८ | Monday, January 26, 2026
32
SHARES
ओलीलाई सुदन गुरुङको जबाफ : गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको

काठमाडौँ- जेनजी अभियन्ता सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनमा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ दिएका छन्।

हिजो भाबी प्रधानमन्त्रीहरूको सार्वजनिक बहस कार्यक्रम गर्न अनुरोध गर्दै ओलीले आफू बहस गर्न तयार रहेको तर सिंहदरबार जलाउनेहरू पनि बहस गर्न तयार रहनुपर्ने बताएका थिए। ओलीले घुमाउरोतवरले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै सिंहदरबार जलाउने भनेका थिए।

त्यसको जबाफ स्वरूप सुदनले पहिले गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ फर्काएका हुन्। सुदनले र्‍याप गायक लाहुरेको भनाइ उदृत गर्दै बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो समेत भनेका छन्। उनले भदौ २३ र २४ को घटनालाई आधार बनाएर ओलीलाई जबाफ दिएका छन्।

ओलीले जेनजी आन्दोलन विध्वंशको आन्दोलन भएको बताइरहेका छन् भने सुदन–बालेनहरूले जेनजी आन्दोलनमा सरकारले बालबच्चाको हत्या गरेको भन्दै प्रतिबाद गरिरहेका छन्।

प्रकाशित: १२ माघ २०८२ ८:४८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast